अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १४, बुधबार १५:१४

काठमाडौँ ।
राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा जस्तै सरकारले नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने सम्भावना देखिएकोले विशेष चनाखो रही अनुगमन गरिदिन मानवअधिकारवादी सङ्घ संस्था र सञ्चार जगतलाई आग्रह गरेको छ । बुधबार समितिका संयोजक नवराज सुवेदीले एक अपिल जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनले यसपटक सरकारले निशस्त्र नागरिक र शान्तिपूर्ण जनप्रदर्शनमाथि बर्बर दमन गर्न सक्ने सङ्केत देखापरेको समेत बताएका छन् ।
अपिलमा भनिएको छ ‘२०८१ चैत्र १५ गतेजस्तै यस पटक पनि सरकारले निःशस्त्र नागरिक र शान्तिपूर्ण जनप्रदर्शन माथि बर्बर दमन गर्न सक्ने सङ्केतहरू देखापरेको छ । प्रधानमन्त्री केपी ओलीको जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिने घोषणा र सरकारका प्रवक्ताबाट आन्दोलनलाई प्रतिबन्ध लगाउने धम्की, सरकारले फेरि पनि मानवअधिकार, प्रजातान्त्रिक हक अधिकार कुण्ठित गर्न सक्दछ भन्ने आधारहरू हुन् ।’
संयोजक सुवेदीले जेठ १५ गते (बिहीबार) हुने आन्दोलन शान्तिपूर्ण हुने समेत बताएका छन् । नागरिक सर्वोच्चता, प्रजातन्त्रको आदर्श र मानवअधिकारका मूल्य मान्यताप्रति संयुक्त जनआन्दोलन समिति पूर्ण प्रतिबद्ध रहेको समेत अपिलमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार