अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १४, बुधबार ११:१४

जनकपुरधाम ।

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

गृह मन्त्रालय परिसरमा गृहमन्त्री राजकुमार लेखीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा मन्त्रालयका कर्मचारी, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायतको उपस्थिति रहेको थियो ।

गृह मन्त्रालयले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको औपचारिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम समेत आयोजना गरेको छ । पत्रकारितामार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तथा लोकतन्त्रको जग मजबुत बनाउन योगदान दिने सञ्चारकर्मीहरूको सम्मानमा समर्पित कार्यक्रम ऐतिहासिक रुपमा महत्वपूर्ण हुने बताइएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले उनीहरूको योगदानलाई औपचारिक रुपमा सम्मान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले गणतन्त्र दिवसले समानता, स्वतन्त्रता र उत्तरदायित्वको भावना फैलाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार