अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १४, बुधबार ११:१२

एजेन्सी ।
छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन् ।
सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन् ।
उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो । यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ । कुल मृतक संख्या १२ पुगेको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन् ।
भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।
जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ । यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप–प्रकार २० प्रतिशत देखा परेका छन् ।
जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो । यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन । विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ ।
त्यस्तै एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ । साथै, अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि यसले सहजै छल्न सक्छ ।
जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ । यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने, ‘लङ्ग कोभिड’ हुनसक्ने विज्ञहरूले बताएका छन् । यस अवस्थामा संक्रमित निको भइसकेपछि पनि केही लक्षणहरू लामो समयसम्म बाँकी रहन्छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार