अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १३, मंगलवार १५:१७

रौतहट, १३ जेठ । रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानिय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ।

युवाहरू लाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ हेक्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो।

 

समुदायस्तर मै विपद् प्रतिकार्य क्षमताको विकास गर्न र तत्काल उद्धार कार्यमा स्थानीयको सक्रियता बढाउन तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए  ।

 

स्वयंसेवक तालिममा गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका, र कटहरिया नगरपालिकाका गरी कुल ३७ जना युवाहरु सहभागी छन्। तालिमको अवधि १८ दिनको हुनेछ।

एसपी  बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीका बिशेषज्ञहरुले तालिम दिने जनाईएको छ। तालिममार्फत विपद् पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोग सम्बन्धी जानकारी दिइनेछ।

सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यसहित देशभर विभिन्न स्थानमा यस किसिमको तालिम सञ्चालन गर्दै आएको छ। तालिमबाट स्थानीय तहमा विपद् स्वयंसेवक उत्पादन गरी सम्भावित विपद्का घटनामा तिव्र र प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार