अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १२, सोमबार १६:२३

जनकपुरधामको सडकमा दुई साँढेबीचको लडाँइमा परेर स्कुटर दुर्घटनामा परेका जनकपुरधाम उपमहानगरपालिका–७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम–६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनी सामाजिक काममा सक्रिय र युवाहरुबीच लोकप्रिय थिए ।

स्थानीय युवा जानी खानले जनकपुरधाम उपमहानगरपालिकाको चरम लापरवाहीका कारण सत्तारको मृत्यु भएको भन्दै आलोचना गरेका छन् । उनले आक्रोशित हुँदै भने, ‘नगरभित्र छाडा चौपाया नियन्त्रणका लागि करोडौं खर्च गरेर गौशाला बनाइएको छ । तर, चौपाया अझै सडकमै घुमिरहेका छन् । जनप्रतिनिधिहरुले बजेट तान्न मात्रै जानेका छन् ।’

उनले राइनको मृत्युको जिम्मेवारी नगर प्रमुख मनोज साहसहित सम्पूर्ण उपमहानगरपालिकाले लिनुपर्ने माग गरे । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १२ स्थित कुवामा गुठी संस्थानको १ विघा जग्गामा १ करोड रुपैयाँको लागतमा कान्जी हाउस (गौशाला) निर्माण गरिए पनि सो संरचना कार्यान्वयनमा नरहेको र अहिलेसम्म जनताको ज्यानसँग खेलबाड भइरहेको छ ।

उनले भने, ‘हामीले जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न गौशाला बनायो भन्ने कुरा त सुन्यौं । तर, व्यवहारमा केही छैन । सडकमा हिँड्दा अझै साँढे, गाई, भैंसी खुला अवस्थामा छन् । कसले लिन्छ यसको जिम्मा?’

राइनको मृत्युले जनकपुरमा स्थानीय सरकारप्रति विश्वास घटेको भन्दै उनले सडक आन्दोलनको चेतावनी दिएका छन् । ‘समाजको होनहार युवकको अनाहकमै मृत्यु भएको छ । अब सडकमा ओर्लेर प्रश्न गर्नुपर्ने बेला आएको छ,’उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण एक होनहार स्थानीय युवा नेताको ज्यान गएको भन्दै जनतामा आक्रोश फैलिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार