अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १२, सोमबार १६:१७

एजेन्सी ।
भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड–१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।
यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९÷९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १÷१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् ।
उनले भने, ‘दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको सुनेको छु । यो संक्रमण त्यति धेरै जोखिमयुक्त छैन । भातरमा देखा परिरहेको कोरोना संक्रमण पनि हल्का प्रकारको हो ।’
महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिस मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड–१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । यी केसहरूमा अन्य रोगहरू पनि थिए, उनले भने ।
तर पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानीहरू पनि अपनाउने काम भएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार