अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १२, सोमबार १२:३६

मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् ।

आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत तराई, मधेशका महिलाले सोमबार वट सावित्री पर्व मनाउने जलेश्वर नगरपालिका– १ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

सो पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर (वट)को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र धर्मपत्नी मिलेर पूजा गरिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार