अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १२, सोमबार १०:२१

न्यू दिल्ली

सनराइजर्स हैदराबादले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । हैदराबादले कोलकातालाई ११० रनले हराएको हो ।

हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । हर्श दुबेले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । इशान मलिंगाले पनि ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको विशाल योगफल बनाएको थियो । हेनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रनको शतकीय पारी खेले । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।

त्यस्तै ट्राभिस हेडले ७६ रन बनाउँदा अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए । कोलकाताका सुनिल नारियनले २ विकेट लिँदा वैभव अरोराले १ विकेट हात पारे ।

यस जितपछि हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन टुंग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अंकमा सीमित भयो ।

अब आईपीएलमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । सोमबार पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार