अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ११, आईतवार १५:३२

अंशु यादव हत्यामा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

आइतबार उनीहरू जनकपुरधामको बजरंग चाेकमा भेला भई रामानन्द चौक हुँदै जिल्ला प्रशासन कार्यालय  अगाडि प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीका १७ वर्षीय अंशु यादवको हत्यामा संलग्नहरूलाई पक्राउ गर्न उनीहरू आइतबार प्रदर्शनमा उत्रेका हुन् ।

गत चैत १७ गते होलीका दिन अंशुलाई छुरा प्रहार गरी हत्या गरेको थियो। प्रहरीले घटना स्थलबाटै उनको हत्या आरोपमा स्थानीय धर्मेन्द्र महतोलाई पक्राउ गरेका थिए । उनलाई जिल्ला अदालत धनुषाले पूपक्षका लागि कारागार पठाइएको छ । हत्यामा संलग्न रहेको आरोप पक्राउ परेका अर्का एक स्थानीय ४५ वर्षीय राम दहिना महतोलाई छाडिसकेको छ।

आमा अर्चना यादव र उनकी दुई नाबालिका बहिनी पनि प्रदर्शनमा सहभागी छन् । प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेकाहरूलाई छलफलका लागि भित्र बोलाएर दुई जनालाई पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारीको उदृत गर्दै मृतकका आमा अर्चानाले भनिन्, ‘हामीलाई भित्र बोलाएर सिडियो साहबले भन्नुभयो,तपाईंको छोराको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपनि एक जना अदालतले छाडिसकेका छन् । अब त्यसमा हामीले केही गर्न सकिँदैनौँ, तपाईँहरू उच्च अदालत जानुस् ।’

यसअघि रामानन्द चौकमा बाटो जाम गरी प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एक घण्टादेखि जनकपुर–ढल्केवर सडक अन्तर्गत रामानन्द चौकमा एक दर्जन सवारी साधनमा तोडफोड गरेका थिए ।

यसअघि पनि दुई पटक मृतक अंशुकी आमासहित स्थानीयले बिन्धीस्थित जनकपुर जलेश्वर सडक खण्ड जाम गरेर प्रदर्शन गरेका थिए।

अंशुकी आमा अर्चना यादवले सात जना मिलेर छोरालाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। तर प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरेपनि अन्य ५ जना आरोपी फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार