अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ११, आईतवार ११:४८

काठमाडौं। डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो।

यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो।

वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको थियो र एटलान्टातर्फ गइरहेको थियो। विमान उडेको केही समयपछि यी महिला यात्रुले आफ्नो छेउमा बसेका यात्रुसँग असामान्य व्यवहार गर्न थालिन्। उनले अचानक आफ्नो छिमेकी यात्रीलाई अँगालो हाल्ने प्रयास गरिन र त्यसपछि उनलाई धमाधम चुम्बन गर्न थालिन्।

यो सन् २०२१ को जुलाईमा भएको यो घटनामा महिला यात्रुको व्यवहार नजिकैको सिटमा बसेका यात्रुका लागि असहज मात्र नभएर उनका लागि अचम्मको पनि थियो। यो अप्रत्याशित कार्यले उनी स्तब्ध भएका थिए।  उनले चुम्बन तुरुन्तै महिलालाई रोक्न खोजेका थिए र चालक दलका सदस्यहरूलाई बोलाएर उनको चुम्बनको बर्षा रोक्नका लागि सहयोग पनि मागे र टाढाबाट यो सबै हेर्दै आएकी एयर होस्टेस दौडिएर ती पुरूष भएको स्थलमा पुगिन्।

त्यसपछि एयर होस्टेसले ती चुम्बनको बर्षा गर्ने महिला यात्रुलाई शान्त पार्ने प्रयास गरिन्। तर, ती महिला शान्त हुनुको सट्टा झन् रिसाउन थालिन्। र, चुम्बन गर्न नदिएको भन्दै उल्टै चर्को स्वरमा कराउन थालिन् र विमानबाट आफुलाई निकाल्न आग्रह समेत गरिन् । यसपछि ती महिला यात्रीले आफ्नो सिट छोडेर प्यासेजमा जान बल गरिरहिन्।

महिलाको यो कार्य सुरक्षाको दृष्टिकोणले निकै खतरनाक मात्र होइन, प्लेनमा यात्रुको चालढालको नियम विपरीत पनि थियो। चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा स्थिति झन् गम्भीर बन्यो। रिसले झन्डै पागल भएकी यी महिलाले नजिकै बसिरहेका अर्का यात्रुमाथि पनि उल्टै आक्रमण गरिन्। उनले अर्को यात्रुलाई बारम्बार टोक्न थालिन्।

उनको टोकाइका कारण अर्का यात्रु पीडाले चिच्याउन पुगे र पूरै उडानमा त्रासको वातावरण सिर्जना भएको थियो । चालक दलका सदस्यहरूले कुनै न कुनै रूपमा महिलालाई नियन्त्रणमा राखेर पछाडिको सिटमा लगेर राखे। यसपछि, पाइलटले एटलान्टा एयर ट्राफिक कन्ट्रोललाई बिमानमा भएको अप्रत्याशित सम्पूर्ण घटनाको बारेमा जानकारी दिए र सुरक्षा सहयोग मागे गरेका थिए।

करिब तीन घण्टाको उडान पछि विमान एटलान्टा विमानस्थलमा अवतरण भयो र फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अधिकारीहरूको उपस्थितिमा महिलालाई सुरक्षा निकायको जिम्मा लगाइएको थियो। एफएएले यो घटनालाई गम्भीर रूपमा लियो र अनुसन्धानका क्रममा महिलाको व्यवहारलाई विमानको सुरक्षाका लागि खतरा भएको निष्कर्ष निकाल्यो।

अन्ततः लामो अनुसन्धान पछि यस मामलामा एफएएले महिला यात्रुलाई ७७,२७२ अमेरिकी डलर जरिवाना लगायो। यो जरिवाना विमानमा अनुपयुक्त व्यवहार र चालक दलका सदस्यहरूको निर्देशनहरू पालना नगरेकोसहित अन्य यात्रुलाई आक्रमण गरेको कारण थियो। यो अमेरिकी विमान इतिहासमा यात्रुलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार