अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ९, शुक्रबार १२:०३

काठमाडौँ ।
संघ सरकारले स्थानीय सरकारको स्रोत कटौति गर्ने कानुन बनाउन लागेको छ । पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयन गर्न गठिन कार्यदलले प्रदेश सरकारबाट स्थानीय सरकारलाई जाने अनुदान कटौति गर्ने कानुन बनाउने योजना सार्वजनिक गरेको हो ।
कार्ययोजनामा प्रदेश सरकारबाट स्थानीय सरकारलाई जाने वित्तीय समानीकरण बाहेकका अनुदान रोक्ने गरी २ वर्षभित्रमा कानुनी प्रबन्ध गर्ने उल्लेख छ । तीनै तहका सरकारको स्रोत एउटै भएकाले यस्तो व्यवस्था गर्नुपरेको कार्ययोजनामा उल्लेख छ ।
‘तीनै तहका लागि मुख्य वित्तीय स्रोत एउटै रहेको सन्दर्भमा संघीय सरकारले वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान प्रदेश र स्थानीय तहलाई पठाई सकेपछि नेपालको संविधानको धारा ६० (५) अनुरुप प्रदेशले स्थानीय तहहरुमा वित्तीय समानीकरण प्रदान गर्ने बाहेक अन्य अनुदान नपठाउने व्यवस्था गर्न अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा संशोधन गर्ने,’ कार्ययोजनामा उल्लेख छ ।
यो व्यवस्था कार्यान्वयन गर्न जिम्मेवार निकाय अर्थ मन्त्रालयलाई तोकिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुगमन र सहजीकरण गर्ने जिम्मेवारी छ । यस्तो कार्य २ वर्षभित्रमा सम्पन्न गरिसक्ने भनिएको छ ।
सरकारले पूर्वसचिव खनाल संयोजकत्वको सुझाव प्राप्त भएपछि त्यसको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा कार्ययोजना तयार पार्ने समिति गठन गरेको थियो । समितिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की, उद्योग सचिव कृष्णबहादुर राउत र राजस्व सचिव दिनेशकुमार घिमिरे सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार