अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ९, शुक्रबार ०८:५८

अहमदाबाद । मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको गुजरातलाई हारले नराम्रोसँग धक्का लागेको छ ।

 

गुजरात १३ खेलमा १८ अंक जोड्दै शीर्षस्थानमा छ । टोलीले एक खेल खेल्न बाँकी छ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पन्जाब किंग्सले आफ्नो बाँकी रहेको दुवै खेल जितेमा शीर्षस्थानको गुजरातलाई उछिन्दै क्वालिफायरमा पुग्नेछन् । यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको लखनउ १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा यथावत छ ।

 

मार्सले १ सय १७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाई २ सय ३५ रन बनाएको थियो । प्लेयर अफ द म्याच मार्सले ६४ बलमा १० चौका र ८ छक्का प्रहार गरे । अर्शद खानको बलमा आउट हुनुअघि मार्सले एडेन मारक्रमसँग पहिलो विकेटमा १० ओभरभित्र ९५ र निकोलस पुरनसँग दोस्रो विकेटमा १ सय २१ रन जोडेका थिए ।

 

साइ किशोरको बलमा आउट हुनुपूर्व मारक्रमले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । पुरन २७ बलमा ४ चौका र ५ छक्कासहित ५६ र कप्तान ऋषभ पन्त ६ बलमा २ छक्कासहित १६ रनमा अविजित रहे ।

 

सेरफन रदरफोर्ड र मसुद शाहरूख खानले ४० बलमा ८६ रन जोडे पनि जवाफमा आएको गुजरातले २० ओभरमा ९ विकेट गुमाई २ सय २ रनमात्र बनाउन सक्यो । रदरफोर्ड २२ बल खेल्दै १ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । शाहरूखले २९ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाए । साई सुदर्शन १६ बलमा २१, कप्तान शुवमन गिल २० बलमा ७ चौकासहित ३५ तथा जोस बटलर १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर आउट भए ।

 

लखनउका विल ओ’रोर्कले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । आयुष बदोनी र अभेष खानले २–२ विकेट लिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार