धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि मोसो छ्यापिएको छ ।
डिभिजन वन अधिकृत ठाकुरमाथि बिहीबार कालो मसो छ्यापिएको हो । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले वन अधिकृत ठाकुरमाथि कालोमसो दलेर दुव्र्यवहार भएको बताउँदै संलग्नहरूको खोजी भइरहेको बताए ।
प्रहरीका अनुसार ठाकुरमाथि उनको कार्यकक्षमा कालोमसो छ्यापिएको हो ।
धर्मेन्द्र बस्तोला नेतृत्वको नेकपा बहुमतनिकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत सार्वजनिक भएको देखिन्छ ।
प्रहरीले नेकपा बहुमत निकटकै कार्यकर्ता भएको आशंका गरेको छ ।
कार्यालय प्रमुखलाई कालोमोसो दल्ने कार्यमा बृद्धि भएको छ । यसअघि जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. बसन्तकुमार कर्णलाई क्याम्पस प्रागंणमै कालोमोसो दलिएको थियो ।





