अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ८, बिहीबार १३:३८

काठमाडौं ।
भारतको राजधानी दिल्लीको प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आएएसआइको स्लिपर सेलको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
२१ जना आइएसआइ एजेण्टहरु पक्राउ गर्ने क्रममा पछिल्लो पटक एकजना नेपाली नागरिक अन्सारुल मियाँ अन्सारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
उनीविरुद्ध मे महिनामै अभियोगपत्र दायर भएको र हाल तिहाड जेलमा पठाइएको हिन्दुस्तान टाइम्समा उल्लेख छ । अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेको र उनी पाकिस्तान जाने क्रममा रहेको दाबी प्रहरीको छ ।
ती नेपाली नागरिक अन्सारीले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको सोही सिलसिलामा आइएसआइसँग सम्पर्क भएको बयान दिएको दाबी भारतीय मिडियाको छ ।
त्यसपछि उनलाई कतारबाट पाकिस्तान लगिएको र उनलाई आइएसआइका उच्च अधिकारीले केही दिन तालिम दिएको समेत एएनआइले जनाएको छ । अन्सारीलाई त्यसपछि नेपाल हुँदै दिल्ली पठाइएको र गोप्य दस्ताबेजहरू सिडी बनाएर पाकिस्तान पठाउन भनिएको दाबी समेत गरिएको छ ।
यसबारेमा नेपाल प्रहरीले कुनै जानकारी पाएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार