अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ८, बिहीबार ०९:३२

मुम्बई  ।

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । मुम्बईले बुधबार निर्णायक खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्‍यो । १३ खेलमा मुम्बईको १६ अंक भएको छ । १ खेल खेल्न बाँकी रहेको अवसमा मुम्बईले दिल्लीलाई ३ अंकले पछाडि पारेको छ ।

गुजरात टाइटन्स १८ तथा रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) र पञ्जाब किंग्स समान १७ अंक बटुल्दै यसअघि नै प्लेअफमा पक्का भइसकेका छन् ।

सूर्यकुमार यादवले ४३ बलमा अविजित ७३ रन बनाएपछि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८० रन बनायो । सूर्यकुमार र नमन धीरले अन्तिम २ ओभरमा ४८ रन जोडे । सूर्यकुमारले ७ चौका र ४ छक्का तथा धीरले ८ बल खेली समान २ चौका र छक्का प्रहार गरी अविजित २४ रन बनाए ।

जबाफमा आएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । मिचेल सान्टनर र जस्प्रित बुमराहले ३–३ विकेट लिए । दिल्लीबाट समीर रिज्भीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ तथा विपराज निगमले २० रन बनाए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार