अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ७, बुधबार १८:४७

काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ।

पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।

 

साथै उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्। साथै, उप–महासचिबमा विजयकुमार ठाकुर (पर्सा), सचिब रामसली तामाङ, कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ तथा सल्लाहकारमा अनिशा बराल, आरजु केसी र सरोज मैनाली रहेका छन्।

नब गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै पार्टी अध्यक्ष कमल थापाले सहकारी, लघुबित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए । गरिब दुखी जनता पिसिएका छन् , पेलिएका छन् , शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिबर्तनको बिकल्प नभएको जिकिर गरे ।

 

थापाले भने, ‘सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर हामी आन्दोलनमा जादैछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ,  सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ।’

 

समितिलाई देशैभरीबाट समेटेर सन्तुलित, समाबेशी बनाईने र संगठनले चाडैं नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार