२०८२ जेष्ठ ७, बुधबार १७:१८
सिरहा । सिरहाको लहान नगरपालिका–२४ का मौजे साहलाई उनकी पत्नी रितु साहले आफ्नो मिर्गौला दान गरेकी छन्। दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए।
बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। आर्थिक अवस्था कमजोरले स्थानीयहरूले केही रकम सहयोग जुटाएर उपचारका लागि दिएका छन्।





