अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ७, बुधबार १३:२१

काठमाडौँ ।
उपपप्रमुखहरुको राष्ट्रिय सम्मेलन यही जेष्ठ २३ र २४ गते विराटनगरमा हुने भएको छ ।
देशभरका उपप्रमुखहरूले भोग्दै आएको समस्या, समस्या समाधान गर्नको लागि गर्नु पर्ने कामहरूको विषयमा छलफल गर्नको लागि सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
सम्मेलनको लागि गर्नु पर्ने आवश्यक तयारीको बारेमा आन्तरिक कामहरू भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ । यस अघि काठमाडौँ महानगरपालिकाले उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो भनेँ यो वर्ष विराटनगर महानगरपालिकाले सम्मेलनको नेतृत्व लिएको उपप्रमुख कार्कीले बताइन् ।
उपप्रमुख कार्कीका अनुसार, दुई दिनसम्म चल्ने सम्मेलनमा उपप्रमुखहरूको सबै खालका काम, कर्तव्य र जिम्मेवारीहरू अनुगमन, राजश्व, न्यायिक समिति लगायतको विषयमा प्रस्तुतीकरण, प्यानल डिस्कसन तथा छलफलहरू हुनेछन् ।
तीनवटा विषयमा हुने प्यानल डिस्कसनमा उपप्रमुखहरूले काम गर्दा झेल्नु परेका कानुनी जटिलता, कानुनमा संशोधन गर्नु पर्ने विषयहरूलाई दस्तावेजीकरण गरी सरकारलाई कानुन संशोधनको लागि सुझाव सहित बुझाउने तयारी रहेको उपप्रमुख कार्कीको भनाई छ ।
‘सम्मेलनमा सहभागी हुन देशभरबाट आउने उपप्रमुखहरूको नामावली संकलन कामहरू भइरहेको छ’, उपप्रमुख कार्कीले भनिन्, ‘९ गतेसम्ममा कति जना आउने भन्ने टुंगो लाग्ने छ ।’
प्रारम्भिक चरणमा विराटनगरका सबै होटलहरुसँग कुरा भइरहेको उनले जानकारी दिइन् । विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरको वीरेन्द्र सभागृहमा हुने कार्यक्रमलाई सफल बनाउन कोशी प्रदेश सरकारले समेत सहकार्य गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार