अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ७, बुधबार ११:१२

सर्लाही, ७ जेठ। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।

सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाईकलसहित १ जना पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। बिशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुुगेर कारबाही गरेको थियो।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको  टोलीले  डाइनी खोलाबाट तामाङलाई  प्लाष्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

 

तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु.२२ प ३८९४ नम्वरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

उक्त स्थानमा प्रहरी टोली पुुग्दा गाँजाको कारोवारमा संलग्न अन्य मानिसहरू फरार हुन सफल भएका थिए।  सोमबहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

फरार मानिसहरूको सम्वन्धमा अनुसन्धान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार