अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ७, बुधबार ०९:३५

बेइजिङ, ७ बैशाख । चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ ।

यसका साथै यात्रा, खाना र कार्यालय स्थलमा हुने खर्च कटौती गर्न पनि भनिएको छ । राष्ट्रपति सी जिनपिङ र कम्युनिष्ट पार्टीले सरकारी खर्च घटाउन यो निर्णय गरेको हो । महँगो खाना, रक्सी र चुरोट अब चीनमा कार्यालयहरूमा सेवा दिइने छैन। कार्यक्रममा कुनै भव्य फूल सजावट पनि अब हुने छैनन् ।

चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको कम्युनिष्ट सरकारले अधिकारीहरूमा हुने खर्चमा कडाई र बचत गर्न निर्देशन गरेको छ। जसमा सरकारी श्रोतको सदुपयोग गर्न र अनावश्यक खर्च रोक्न अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले अनावश्यक खर्चलाई लाजमर्दो र बचतलाई सम्मानजनक भनेको छ । हाल सालै चीनमा जग्गा बिक्रीबाट हुने नाफा घटेको छ भने स्थानीय सरकारहरूले ठूलो ऋणमा परेका छन ।

 

ब्लूमबर्गको रिपोर्टका अनुसार चीनका स्थानीय सरकारहरूको करिब ९ ट्रिलियन अमेरिकी डलर ऋणको भारी रहेको छ। यसअघि सन् २०२३ मा राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार र अधिकारीहरूको आसन विरुद्ध अभियान सुरु गरेका थिए। जसमा सरकारले कर्मचारीलाई खर्च कटौती गर्ने बानी विकास गर्न निर्देशन दिएको थियो ।

ब्लूमबर्गका अनुसार २०२४ मा बेइजिङले स्थानीय सरकारहरूको ऋणसँग सम्बन्धित जोखिमहरू कम गर्न अभियान सुरु गरेको थियो। जसले गर्दा पूर्व निर्धारित जोखिम कम हुन्छ र स्थानीय सरकारहरूले आर्थिक विकासमा मद्दत गर्न सक्छन् भन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार