अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ६, मंगलवार १५:५९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफुहरुको आन्दोलन हिंसात्मक नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताउनुभएको हो । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उहाले बताउनुभयो । उहाले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरु स्थापीत गरिने उल्लेख गर्नुभयो । यसपटकको आफुहरुको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उहाले दावी गर्नुभयो । त्यस्तै केहि दिन अघि प्रधानमन्त्री केपी ओलीले संसदमा संम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरुलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गर्नुभयो ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफुहरुको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताउनुभयो । अवको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरुले खाने उहाले बताउनुभयो । उहाले अवको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढूक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले जनताको उपस्थीतिबाटै भ्रष्ट शासकहरुलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापीत गराएरै छाड्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार