अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ६, मंगलवार १४:२९

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताए ।

सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । ‘प्रधानमन्त्रीज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार