अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ५, सोमबार १५:१२

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताए ।

उनले भने, ‘धर्म व्यक्तिको आस्था र विश्वास हो । विभिन्न धर्मप्रति आस्था र विश्वास हुन्छ । मैले मेरो आस्था र विश्वासको अभिव्यक्ति गर्न पाउँछु । त्यसको अर्थ अरु धर्महरू कम उत्कृष्ट छन्, नराम्रा छन् भन्ने होइन् । हाम्रो धार्मिक सहिष्णुता र मेलमिलाप हाम्रो परम्परा पनि हो । हाम्रो सबै धर्महरू एकअर्काप्रति सम्मान गर्ने र अर्कोको धर्ममा अवरोध नगर्ने हाम्रो परम्परा हो र त्यसै अनुसार जानुपर्छ भन्ने पक्षमा छौं ।’

कुनै हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन नमिल्ने बताए । उनले तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराधकर्म भएकाले कुनै धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताए । उनले तीनकुनेमा राजतन्त्रको वकालतमा भएको विषय नेपालको संविधानविपरीत रहेको पनि बताए । उनले घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारवाहीको प्रक्रियामा ल्याउन अनुसन्धान भइरहेको पनि बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार