अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १८:४१

सर्लाहीमा विवाहका लागि गरगहना बनाउने विषयमा सामान्य विवाद हुँदा एक पक्षले अर्को पक्षलाई सुंगुरको खोरमा बाधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ ।

तश्लिम अंसारीको छोरीको बिवाहका लागि गरगहना बनाउने विषयमा शनिवार बिहान १० बजेको समयमा स्थानीय सुनचाँदी पसले राजिन्द्र साह सोनारसँग वादविवाद र धक्कामुक्की भएको थियो । घटना भएको केहि समयमै सुनचाँदी व्यवसायी सोनारले स्थानीय केही व्यक्तिलाई लगाएर तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको पीडितका छोरा कौशर अंसारीको अरोप छ ।

यता, घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्सारी, उनका दाइ महम्मद अन्सारी, राजेन्द्र साह सोनार, सोनारका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पु कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

डिएसपी राईले घटनाको कारण र यसमा संलग्नहरुबारे अनुसन्धान भइरहेको बताए । ‘अहिले उजुरी परेको छैन उजुरी परेपछि हामी कानूनी प्रक्रियामा जान्छौँ । अहिले अनुसन्धान चलिरहेको छ ।’ डिएसपी राईले भने, कानूनभन्दा माथि कोही छैन, कानुन उल्लङघन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार हुँदैन ।’

अन्सारीलाई कुटपिट गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामान्य विवादमा पनि सुंगुरको खोरमा थुनेर कुटपिट गर्नु ठूलो मानविय अपराध भएको स्थानीयहरुले बताएका छन् । ‘एउटा मुस्लिम समुदायको व्यक्तिलाई सुंगुरको खोरमा राखेर कुटपिट गर्नु भन्दा ठूलो पीडा केही हुँदैन्’, पीडितका छोरा कौशरले भने, ‘यो हाम्रो सर्वसहरण भयो ।’

तश्लिमको छोरीको विवाहका लागि अर्को सुन व्यवसायी कहाँ गहना बनाउन दिएका थिए ।

राजेन्द्र साह सोनारले तश्लिमको सम्धिनीले अर्हाएको भन्दै तश्लिमको घरमा पुगेर कस्तो र कति वटा सुन बनाउन दिएका छौँ भनेर देखाउन भनेका थिए ।

तर पछि थाहा भयो कि उनको सम्धिनीले त्यस्तो केही भनेकी थिइनन् । राजेन्द्रले बदमासी गर्न खोजेका भन्दै शनिबार बिहान गाउँमा पञ्चायत बसेको थियो । पञ्चायतमा तश्लिमले विवादको क्रममा राजेन्द्रमाथि पहिले हात हालेका थिए ।

सबैको सामने पहिले हात हालेको भन्दै विवाद भयो । गाउँलेहरु मिलेर विवाद शान्त पारे । दिउँसो राजेन्द्रको मान्छेले तश्लिमलाई जिल्ला प्रहरीमा पञ्चालयतको लागि फेरी बोलाए । प्रहरीमा पुग्दै गर्दा गेटबाटै समातेर गाउँतिर लगेर पिटेका हुन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार