अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १८:३९

भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गर्नुभएको छ ।

यस्तै तेलङ्गाना राज्यका मुख्यमन्त्री ए रेवन्त रेड्डीले पनि घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश दिनुभएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार