अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १३:५८

एजेन्सी ।

लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह–पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को ।

घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ । एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । विमान फ्रान्कफर्ट, जर्मनीबाट सेभिया, स्पेनतर्फ जाँदै थियो ।

४३ वर्षीय कप्तानले अनुसन्धानकर्ताहरूसँग आफू शौचालय जाँदा ३८ वर्षीय सह–पाइलट बिलकुल ठीकठाक र सतर्क थिए । विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो, त्यसैले पाइलटले शौचालय जाने उपयुक्त समय भन्ठाने । जब पाइलट करिब ८ मिनेटपछि फर्किए तर सुरक्षा कोड प्रविष्ट गर्दा पनि ककपिटमा प्रवेश गर्न सकेनन् ।

कप्तान डराए र कुराकानीका लागि इन्टरकम प्रयोग गरे, तर पनि कुनै प्रतिक्रिया आएन । त्यसपछि उनले आपतकालीन कोड प्रयोग गरेर ढोका खोल्ने प्रयास गरे । त्यही बेला भित्रबाट सह–पाइलटको होस खुल्यो र उनले ढोका आफैं खोले ।

‘सह–पाइलटको अनुहार उडेको थियो, पसिना आइरहेको थियो र उनी अनौठो किसिमले हिंडिरहेका थिए,’ कप्तानले बताए । त्यसपछि उनले क्याबिन क्रूलाई सहयोगका लागि बोलाए ।

सह–पाइलटलाई चालक दल र यात्रुका रूपमा यात्रा गरिरहेका एक डाक्टरले प्राथमिक उपचार दिए । डाक्टरले सम्भावित मुटुसम्बन्धी समस्या भएको अनुमान गरेका थिए ।

अनुसन्धान प्रतिवेदनका अनुसार सह–पाइलटले आफू कतिबेला बेहोस् भएँ भन्ने थाहा नपाएको बताए । ‘म बेहोस भएछु, तर कहिले भएँ भन्ने थाहा छैन । त्यसअघि मलाई सरागोसा माथि उडिरहेको सम्झना छ, त्यसपछि क्याबिन क्रू र डाक्टरले उपचार गरिरहेको अवस्थामा ब्युँतिएँ ।’

अनुसन्धान प्रतिवेदनअनुसार, ‘उनको बेहोसी यति एक्कासी भयो कि उनले अरू चालक दललाई जानकारी दिन पनि भ्याएनन् ।’

कप्तानले त्यसपछि विमानलाई नियन्त्रण लिए र त्यसबेला सबैभन्दा नजिकको विमानस्थल म्याड्रिडतर्फ मोडे । सह–पाइलटलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनको एक्कासी र गम्भीर रूपमा बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको बताए । अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरि

एको छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार