अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २, शुक्रबार १८:३४

जनकपुरधाम ।

जनकपुरधाम मेयरकपको तेस्रो संस्करण भारतको लखनउ टीमले चुमेको छ ।

निर्माणधिन रामजानकी बहुउद्देशिय क्रिकेट स्टेडियममा आज सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी चुम्न सफल भएको हो । लखनउ टिमले टस जितेर बारा टिमलाई ब्याटिङ्ग गर्न आमन्त्रण गरे पछि बाराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रनको योगफल तयार गरेको थियो । बाराका लागि रवि साह ५४, आदिल अंसारी ५० , विवेक यादव २२ , पवन सर्राफ अविजित १६ , त्रित दास ९ र निरंजन यादव ७ रन जोडेका थिए भने अरनिको यादव शुन्य रनमै आउट भएका थिए ।

लखनउका लागि सुभम यादव र मनिष सिंह २/२ तथा शैलेन्द सिंह र अस्मित मिश्रा १/१ विकेट लिएका थिए ।

१६९ रनको विजयी लक्ष्य सहित व्याटिङ्ग गर्न मैदानमा ओर्लेका लखनउ टिमले १७ ओभर ४ बल खेल्दै २ विकेटको क्षतिमा १७३ रन बनाउदै लक्ष्य पुरा गरेका थिए । लखनउका लागि हर्षित यादव ९८, सुमित पाठक ५३ , अंकित सिंह अविजित १९ र सोमन महन्ती २ रन जोडेका थिए । बाराका पवन सर्राफ र साहब आलम १/१ विकेट लिएका थिए ।

कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार