अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २, शुक्रबार १८:३३

सुजीतकुमार झा

जनकपुरधाम ।

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखहरुको नियुक्त गरिएको छ ।

व्यवस्थापन संकाय तर्फ डा.दिलिपलाल कर्ण, शिक्षाशास्त्र संकाय तर्फ वीरेन्द्र यादव, मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ विनिता ठाकुर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ डा. विपिनकुमार रायलाई नियुक्त गरिएको जानकारी क्याम्पसले दिएको छ ।

सहायक क्याम्पसका लागि ७ जना शिक्षकले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये उपप्राध्यापक चन्द्रदेव पाठकले ३ संकायका सहायक क्याम्पस प्रमुखका लागि आवेदन दिएका थिए तर उहाँलाई तीनटै मध्ये कुनैमा राखिएनन्

प्रजातान्त्रिक बाहेकका समूहका शिक्षकलाई पनि स्थान नदिएको शिक्षकहरुले बताएका छन् ।

प्रकृया अपनाउन क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णले नवेन्द्रकुमार निधिको संयोजकत्वमा छनौट समिति बनाएका थिए जसमा सदस्यको रुपमा केन्द्रिय क्याम्पस कीर्तिपुरका शिक्षक संतोष घिमिरे र राराबका पूर्व सहायक क्याम्पस प्रमुख रामनरेश ठाकुर रहेका थिए । निधिपनि राराब क्याम्पसको प्रमुख रहि सक्नु भएको

छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार