अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २, शुक्रबार ०९:१२

एथेन्स । एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिरच्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले च्याटजीपीटीले दिएको उत्तरलाई यथार्थ ठानेर सोही आधारमा डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

ओपनएआईले तयार गरेको एआई च्याटबट च्याटजीपीटीमा उनले परम्परागत तासेग्राफी (कफी घुलिसकेपछि बाँकी रहेको अवशेषबाट भविष्यवाणी गर्ने विधि) को सहारा लिँदै पतिको कपको तस्बिर पठाएकी थिइन् । च्याटजीपीटीले दिएको जवाफमा उनको श्रीमान् एक युवतीसँग प्रेम सम्बन्धमा रहेको र ती युवतीले परिवार बिगार्ने प्रयास गरिरहेकी बताएको थियो ।

 

यो जवाफलाई गम्भीर रूपमा लिएकी महिलाले तुरुन्तै श्रीमान्लाई घरबाट निस्कन भनिन्, बच्चाहरूलाई डिभोर्सको बारेमा जानकारी दिइन्, र केही दिनमै कानुनी प्रक्रिया थालिन् । श्रीमान्‌ले एक ग्रिक टेलिभिजन कार्यक्रम ‘To Proino’ मा घटनाको खुलासा गरेका छन् । “उनी प्रायः नयाँ ट्रेन्डहरूमा रमाउँछिन्,” उनले भने, “एक दिन उनले हामीलाई ग्रिक कफी बनाएर रमाइलोका लागि कपको फोटो खिचिन् र च्याटजीपीटीलाई देखाइन् ।”

 

उनका अनुसार कपको फोटो हेरेर एआईले एउटा ‘E’ अक्षरबाट सुरु हुने महिलाको विषयमा बतायो जससँग उनी भावनात्मक रूपमा जोडिने भविष्यवाणी गरिएको थियो । पत्नीको कपमा भने पति पहिले नै सम्बन्धबाहिर रहेको र अर्को महिलाले घर बिगार्न खोजिरहेको उल्लेख गरिएको थियो । “मैले त यो कुरा मजाकमै लिएँ,” उनले भने, “तर उनले गम्भीर रूपमा लिइन् । केही दिनमै मलाई वकिलबाट डिभोर्स कागज आयो ।” श्रीमान्‌का वकिलले एआईको भविष्यवाणीलाई कानुनी आधार मान्न नपाइने भन्दै आफ्नो पक्ष निर्दोष रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार