अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १, बिहीबार १३:३८

एजेन्सी ।
लखनउको मोहनलालगन्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।
लखनउ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए । उनले भने, ’बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ । अन्य यात्रुलाई उनीहरूको गन्तव्यमा पठाइँदै छ ।’
यद्यपि, आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी उपलब्ध छैन । प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन् ।
समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडिओमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देखिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार