अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १, बिहीबार ०९:५८

हैदराबाद, १ जेठ ।  तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भुमिकामा देखिने भएका छन् ।

 

‘मेड इन इण्डिया’ नामक सो चलचित्रलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो। तर, त्यसको बारेमा थप जानकारी दिइएको थिएन ।

फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस राजामौली, एसएस कार्तिकेय र वरुण गुप्ता मिलेर स्क्रिप्टमा लगनशीलताका साथ काम गरिरहेका थिए । तर, अहिले उनीहरूले चलचित्रको पटकथा फाइनल गरेका छन ।

 

सो स्क्रिप्ट फाइनल भए पछि जूनियर एनटीआरलाई सुनाइएको थियो, जसले तुरुन्तै सो परियोजनाका लागि आफ्नो ​​​​स्वीकृति दिएको पिंकभिलाले रिपोर्ट गरेको छ ।

 

‘एनटीआर जुनियरले स्क्रिप्ट सुने र फादर अफ इन्डियन सिनेमा भनेर चिनिने दादासाहेब फाल्केका बारेमा कम सुनिएका र बाहिर नआएका कथाहरू त्यसमा समावेश गरिएको थियो । जानकारहरूका अनुसार सो कथाले भारतीय सिनेमाको जन्म र उदयलाई वर्णन गरेको छ र विस्तृत विवरणले एनटीआर छक्क परेका छन । ठूलो पर्दामा भारतीय सिनेमाको पिताको भूमिका खेल्न पाउँदा उनी उत्साहित रहेको रिपोर्टमा भनिएको छ ।

 

आरआरआर स्टारर अहिले निर्देशक प्रशान्त नीलको पिरियड एक्शन ड्रामा ‘ड्र्यागन’ को छायांकनमा ब्यस्त रहेका छन् र त्यसपछि निर्देशक नेल्सन दिलीप कुमारको अर्को फिल्मको छायांकनमा जानेछन । दुवै फिल्मको काम पूरा गरे पछि जुनियर एनटीआरले ‘मेड इन इन्डिया’ को छायांकनमा सहभागी हुनेछन, जुन उनले आफ्नो करियरमा अहिलेसम्म गरेको भन्दा फरक फिल्म हुने जनाइएको छ ।

 

यसैबीच, अभिनेता यशराज फिल्म्सको जासूसी एक्शन थ्रिलर वारः २ मा ऋतिक रोशनको सह–अभिनेताको रूपमा चाँडै पर्दामा देखिदैँ छन्। चलचित्रको छायांकन सकिएको छ र यो वर्षको अगस्ट १४ मा विभिन्न भाषामा ठूलो पर्दामा आउने तय भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार