अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३१, बुधबार १५:३५

ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।

रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेको एसएसबी ७१ औँ बटालियनका कमान्डेन्ट प्रफुल पटेलले बताए।

सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षीय विवाहित युवतीलाई भारत लैजान लागेका  गुप्ताले पटक पटक बयान फेरेपछि कडाईका साथ सोधबुझ गर्दा युवतीलाई दिल्ली स्थित उनको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले  भारत लान लागेको स्वीकार गरेको एसएसबीले जानकारी दिएको छ।

पछिल्लो समय रौतहट र बाराको विभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्‍याउने घटना बढिरहेकाले सीमाक्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले विशेष निगरानी गर्नुपर्ने एसाएसबीले सुझाव दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवैजना लाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार