अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३१, बुधबार १०:२०

एजेन्सी ।
पाकिस्तानले मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ’पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेर भारतविरुद्ध बदला लिएको छ ।
यसअघि मंगलबार नै भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ ।
यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भनेको छ, ’पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न निर्देशन दिइएको छ ।’
जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भएको थियो । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम घोषणा भएपछि मात्र रोकिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार