अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३१, बुधबार १०:१७

रौतहट कटहरिया नगरपालिकामा एक युवतीको शंकास्पद मृत्यु भएको छ । विवाह भएको ६ महिनामै आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी २१ वर्षीया सानिया प्रवीणको शंकास्पद मृत्यु भएको छ ।

सानियाको मृत्युपछि माइती पक्षले छोरीको हत्या योजनावद्ध रूपमा गरिएको आरोप लगाएका छन् । सानियाको विवाह करिब ६ महिनाअघि कटहरिया नगरपालिका–५ का अरमान राय भाटसँग मुस्लिम परम्परानुसार धुमधामसँग सम्पन्न भएको थियो । विवाहपछि नै दाइजोको माग र मानसिक र शारीरिक यातना सहनु परेको मृतककी आमा कायमा खातुन बताउँछिन् ।

अरमानले मोटरसाइकल र पैसा माग्दै छोरीलाई कुटपिट र मानसिक दबाब दिने गरेको खातुनले जनाएको छ । उनले भनिन्, ‘छोरीले फोनमा धेरै पटक रुँदै दाइजो नपुगेको भन्दै ज्वाइँ र उनको परिवारले दुव्र्यवहार गरेको बताएकी थिइन् ।’ गत आइतवार दिउँसो सानियाको शव आफ्नै घरको कोठामा साडीको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

सो घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट आएको संयुक्त प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि पठाएको थियो । पोष्टमार्टमपछि मृतककी आमा कायमा खातुनले छोरीको शव बुझेर अन्त्येष्टि गरेकी छन् ।

घटनाप्रति शंका व्यक्त गर्दै उनले गरुडा प्रहरी कार्यालयमा जाहेरी दिएको जानकारी दिइएको छ । ‘छोरीमाथि अत्याचार भयो । उनीहरूकै हातमा सानियाको ज्यान गयो’, खातुनले पीडा पोख्दै भनिन्, ‘हामी यो मुद्दामा निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र दाइजो हिंसाविरुद्ध सरकारको स्पष्ट सन्देश चाहन्छौँ ।’ माइती पक्षले अरमान राय भाट र उनका परिवारका सदस्यहरूलाई पक्राउ गर्न माग गर्दै हत्या मुद्दामा कानुनी प्रक्रिया अघि बढाउन रौतहट प्रहरी समक्ष दबाब दिइरहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जनाए अनुसार अहिलेसम्म आधिकारिक जाहेरी दर्ता नभए पनि घटना शंकास्पद छ । उनले भने, ‘ अनुसन्धान जारी छ । प्रारम्भिक तथ्य संकलन भइरहेका छन्, पोष्टमार्टम रिपोर्ट, माइती पक्षका भनाइ र घटनास्थलको अवस्था हेरेर मात्रै निष्कर्ष निकाल्न सकिन्छ ।’ नेपालको दण्ड संहिता ऐन २०७४ को दफा १६८ अनुसार विवाहपश्चात् श्रीमानले वा उनको परिवारले दाइजोको नाममा शारीरिक वा मानसिक यातना दिएको प्रमाणित भएमा पाँच वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ । हत्या प्रमाणित भएमा आजीवन कारावास सजाय हुनसक्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार