अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३०, मंगलवार १५:२०

एजेन्सी ।
पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।
त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा आएका तस्वीरहरूमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूमाझ देखिएका छन् । प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको आफ्नो यात्राबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट पनि शेयर गरेका छन् ।
गत हप्ता दुई देशबीच भएको सैन्य संघर्षमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा हमला गरी मिसाइल डिफेन्स सिस्टम एस–४०० ध्वस्त पारेको दाबी थियो । यद्यपि भारतीय सेनाले आदमपुर एयरबेसमा हमला गर्ने प्रयास भएको स्वीकार्दै तर त्यसलाई असफल बनाइएको जनाएको थियो ।
‘आज बिहान म एएफएस आदमपुर गएर हाम्रा वीर वायु योद्धा र सैनिकहरूलाई भेटेँ’, मोदीले भनेका छन्, ‘साहस, प्रतिबद्धता र निडरताका प्रतीक व्यक्तिहरूसँग समय बिताउनु एक अत्यन्त विशेष अनुभव रह्यो ।’
उनले भारत सदैव हाम्रा सशस्त्र बलप्रति आभारी रहने बताए । उनीहरूले हाम्रो देशका लागि जुनसुकै कार्य गर्न पनि पछि नपर्ने उनको तर्क थियो । प्रेस ट्रस्ट अफ इन्डियाद्वारा जारी गरिएको एक भिडियोमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूसँग कुराकानी गरिरहेको देखिएका छन् ।
गत मे ७ को बिहान साढे १ बजे पाकिस्तानभित्र भारतद्वारा गरिएका हवाई हमलापछि दुवै देशबीच तनाव बढेको थियो । जुन तनावलाई १० मेका दिन युद्धविराममार्फत् टुंग्याइएको थियो ।
त्यसपछि मोदीले सोमबार साँझ राष्ट्रलाई सम्बोधन गरेका थिए । ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतको सैन्य कारबाही हाललाई मात्र स्थगित गरिएको हो । आउने दिनहरूमा पाकिस्तानका हरेक कदमलाई यो मापदण्डमा राखेर जाँचिनेछ । उसले कस्तो व्यवहार अपनाउँछ, त्यसमा भारतीय कदम निर्भर हुनेछ’, उनले भनेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार