अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३०, मंगलवार ११:५७

एजेन्सी।
आफूहरूको आक्रमणमा १०० जनाभन्दा बढी खतरनाक आतंककारीहरू मारिएका भारतले दाबी गरेको छ ।
सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे बताएका हुन् । साथै उनले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरे ।
भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही मात्र स्थगित गरेको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने उनले चेतावनी पनि दिए ।
‘हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ मोदीले भने, ‘हामी सबै सबै प्रकारका आतंकवादविरुद्ध एकजुट छौं । पक्कै पनि यो युद्धको युग होइन, तर यो आतंकवादको युग पनि होइन। आतंकवादविरुद्ध शून्य सहनशीलता नै राम्रो ग्यारेन्टी हो ।’
पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ मोदीले भने । भारतको दृष्टिकोण एकदमै स्पष्ट भएको र आतंक र वार्ता सँगै चल्न नसक्ने उनले बताए । ‘पानी र रगत पनि सँगै बग्न सक्दैनन् । म विश्व समुदायलाई यो पनि भन्न चाहन्छु, हाम्रो घोषित नीति पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने त्यो आतंकवादबारे मात्र हुनेछ,’ उनले भने, ‘यदि कुनै कुराकानी हुन्छ भने, त्यो केवल पाकिस्तानमा हुनेछ ।’
बुद्ध पूर्णिमाबारे पनि स्मरण गराउँदै मोदीले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको बाटो पनि शक्तिबाटै जान्छ । मानवतालाई शान्ति र समृद्धितर्फ अघि बढाउन, प्रत्येक भारतीय शान्तिमा बाँच्न सक्षम छन्, विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनु आवश्यक छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार