अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३०, मंगलवार ११:५४

एजेन्सी ।
भारतको पन्जाबका प्रहरी अधिकारीहरूले अमृतसर जिल्लामा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु भएको बताएका छन् । साथै बिरामी ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ समाचार एजेन्सी एएनआईले जनाएको छ ।
यो घटना अमृतसरको मजिठामा भएको हो । अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग भनेका छन्, ‘हामीलाई हिजो राति ९ः३० बजेतिर जानकारी प्राप्त भयो कि यहाँ नक्कली मदिरा पिएपछि मानिसहरू मर्न थालेका छन् । हामीले तुरुन्तै कारबाही ग¥यौँ र मुख्य आपूर्तिकर्ता परबजित सिंहसहित ४ जनालाई पक्राउ ग¥यौँ ।’
उनले थपे, ‘१४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँमा भएको हो ।’ एसएसपीका अनुसार पन्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ ।
अमृतसरका उपायुक्त साक्षी एसले यी पाँच गाउँमा चिकित्सा टोलीहरू घर–घरमा खटाइएको बताइन् । उनले भनिन्, ‘हामी थप ज्यान नगुमाउन सुनिश्चित गर्न प्रयासरत छौँ । सरकारले सबै सम्भव सहयोग प्रदान गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार