अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २९, सोमबार १७:०५

एजेन्सी । कपाल झरेर तालु भएका व्यक्तिका लागि आजकाल कपाल प्रत्यारोपणको राम्रो विकल्प छ । हामी कपाल प्रत्यारोपणबारे मिडिया तथा सामाजिक सञ्जालतिर अनगिन्ती विज्ञापन आइरहेको देख्न सक्छौँ । कपाल प्रत्यारोपण कस्तो ठाउँमा गराउने अनि कस्ता विशेषज्ञसँग गराउने भन्ने कुरा राम्रो जानकारी लिएर मात्रै सेवा लिनुपर्छ भन्ने कुरा भारतको एक घटनाले पाठ सिकाएको छ ।

कपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको ज्यान गएको छ । उत्तर प्रदेशको कानपुर निवासी ३७ वर्षीय विनीत कुमार दुवेले कपाल प्रत्यारोपण गर्न खोज्दा ज्यानै गुमाएका हुन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार घटना दुई महिना अगाडिको भएपनि भर्खरै मात्र प्रहरीमा उजुरी परेपछि घटनाले चर्चा पाएको छ ।

३७ वर्षीय बिनित कानपुरस्थित पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रुपमा कार्यरत थिए । उनी पत्नी र दुई बच्चासहित कम्पनीको अफिसर कोलोनीमा बस्दै आएका थिए ।

गत मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी बच्चाहरु लिएर होली मनाउनका लागि गोण्डास्थित माइतीघरमा गइन् । घरमा पत्नी आउँदा सरप्राइज दिन भन्दै मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गए । जुन अनुष्का तिवारी नामकी एमबीबीएस डाक्टरले चलाउँदै आएकी थिइन् ।

अनुष्काले कपाल प्रत्यारोपणका लागि नदुख्ने सुई दिनेबित्तिकै विनीतको अनुहार सुन्निएर आयो । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारमा लागि अस्पताल भर्ना गरियो । कानपुरकै रिजेन्सी अस्पतालमा उपचारका क्रममा बिनितको मृत्यु भयो ।

घटना भएको दुई महिनापछि पत्नी जयाले डाक्टर अनुष्काविरुद्ध शनिबार रावतपुर प्रहरी स्टेसनमा उजुरी दर्ता गराएकी छिन् ।

पत्नी जयाका अनुसार उनलाई मार्च १४ मा अन्जान नम्बरबाट कल आएको थियो । ‘विनीतको अनुहार सुन्निएको छ, उसलाई अस्पताल भर्ना गरिएको छ’ भन्नेबित्तिकै फोन काटियो । जयाले फेरि त्यो नम्बरमा फोन गर्ने प्रयास गरिन् तर लागेन । कपाल प्रत्यारोपण गर्ने क्लिनिकका डाक्टरको पनि उनीसँग नम्बर थियो, त्यसमा फोन गरिन्, त्यो पनि स्वीचअफ थियो ।

त्यसपछि उनले कानपुरमा रहेका काकालाई यसबारे जानकारी गराइन् । उनीहरू गएर बुझ्दा विनीतको अवस्था गम्भीर भइसकेको थियो । भोलिपल्ट उनको मृत्यु भयो ।

लापरवाहीपूर्ण उपचारका कारण पतिको ज्यान गएको भन्दै उनले एफआरआई दर्ता गराएकी छिन् । जयाको उजुरीपछि प्रहरीले आरोपी डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारबाट मृत्यु भएको भन्ने कसुरमा मुद्दा दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार