अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २९, सोमबार १०:४१

काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।

गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पटक हो । ती सबै बोतलबंद अक्सिजन बिना नै सफल आरोहण भएका थिए ।

 

“सदपारो मुहम्मद अली सदपाराका गर्वका छोरा हुन्, जसको सन २०२१ मा के २ को जाडोयाममा भएको आरोहणको क्रममा दुःखद रूपमा आफ्नो ज्यान गुमाएका थिए तर आफ्नो बुबाको विरासतलाई सम्मानका साथ साजिद पाकिस्तानी पर्वतारोहण शक्ति र विश्वव्यापी उत्कृष्टताको शक्तिशाली प्रतीकको रूपमा उभिएका छन्’ क्लबले भनेको छ ।

पाकिस्तानको अल्पाइन क्लबका सचिव करार हैदरीले सदपारालाई बधाई दिँदै विश्व मञ्चमा पाकिस्तानी पर्वतारोहीको शक्ति र साहस झल्काउने ऐतिहासिक कोसेढुङ्गा बनेको बताए । ‘यो पाकिस्तान र पर्वतारोहण संसारका लागि अर्को गर्वको क्षण हो,’ उनले भने ।

 

उता, काठमाडौंस्थित सेभेन समिट ट्रेक्सले एक विज्ञप्तिमार्फत उनले शनिबार बिहान ९ः३५ बजे शिखरमा सफलतापूर्वक पुगेको बताएको छ, जस अनुसार यस वसन्त २०२५ को सिजनमा धौलागिरीको चुचुरोमा पुग्ने पहिलो आरोही भएको पनि जनाएको छ ।

 

टोलीले शुक्रबार साँझ ६ः१५ बजे क्याम्प चौथौंवाट समिटका लागि यात्रा सुरु गर्‍यो र शीर्षमा पुग्नको लागि अथक प्रयास गर्दै साथसाथै ३५० मिटरभन्दा बढी डोरी फिक्स गरी रुटको अन्तिम खण्ड सुरक्षित गर्‍यो।  उनको धौलागिरी आरोहण सेभेन समिट ट्रेक्स नेपाल र साब्रोसो पाकिस्तानले प्राविधिक सहयोगमा कैलासले प्रायोजन गरेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार