अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २९, सोमबार १०:३९

मुम्बई, २९ बैशाख । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन्।

यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् ।

 

शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए।  अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।

 

पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस्रो सिजनको लागि ४५ करोड भारु ठुलो पारिश्रमिक लिएका छन । जसअनुसार यो पारिश्रमिक उनको करियरकै अहिले सम्मकै ठूलो शुल्क हो। शाहिदले सामान्यतया एउटा फिल्मका लागि २५ देखि ३० करोड रुपैयाँ लिइरहेको बेला उनले एक्कासी पारिश्रमिक शुल्क बढाएका हुन् ।

 

रिपोर्टमा यो पनि भनिएको छ कि ‘फर्जी २’ को छायांकन २०२५ को अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ। हाल राज र डीके आफ्नो आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ को सुटिङमा व्यस्त छन्। अहिलेको यो प्रतिबद्धता पूरा गरेपछि उनले ‘फर्जी २’ को प्रि–प्रोडक्सन सुरु गर्ने छन् ।

 

स्रोतका अनुसार ‘फर्जी २’ को मुख्य कथालाई लिएर शाहिद कपुरसँग यसअघि नै चर्चा भइसकेको थियो । दोस्रो सिजनमा शाहिद कपूर, विजय सेतुपति र के के मेनन बीचको उच्च दाउको भिडन्त हुनेछ, जसले अपराध–थ्रिलर श्रृंखलाको तीव्रतालाई अझ बढाउँछ। ‘फर्जी २’ आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुने जनाइएको छ ।

 

शोको पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरले पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार