अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २८, आईतवार १०:००

मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र  मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् ।

‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन,  म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका साथ यो काम फत्ते गरेका छन,’ पुटिनले भने, ‘उनीहरूले साहस र वीरता देखाएका छन र म यसलाई फेरि जोड दिन चाहन्छु कि उनीहरूले उच्च स्तरको व्यावसायिकताको साथ, राम्रो सीप र प्रशिक्षण देखाएका छन ।’

 

रूसी समाचार एजेन्सी तासका अनुसार कुर्स्क क्षेत्रलाई स्वतन्त्र गराउने क्रममा उत्तर कोरियाली सैनिकहरूले साहस र वीरता देखाएको भुल्न नहुने पनि पुटिनले जोड गरेका छन् ।

उत्तर कोरियाली सैनिकहरूले व्यावसायिक र इमान्दारीपूर्वक कुर्स्क क्षेत्रका सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू गरेको भन्दै मुक्तकण्ठले प्रशंशासमेत गरेको तासले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार