अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २८, आईतवार ०९:५९

मुम्बइ, २८ बैशाख । अजय देवगनको फिल्म ‘रेड २’ को ‘अपरेशन सिन्दूर’ पछिको साताको दिनमा जसरी कमाई बढेको छ, त्यसले पनि यस्तो संकेत गरिरहेको छ कि अब यो फिल्म २०० करोडको यात्रामा निस्किएको छ ।

फिल्मले दशौं दिन बिहान साढे १० बजेसम्म ८ करोड रुपैयाँ कमाएको सकनिल्कले बताएको छ । अर्थात् पछिल्लो ३–४ दिनको तुलनामा फिल्मले आज धेरै कमाइ गरिरहेको छ । फिल्मको घरेलु बजारमा कुल कलेक्सन १११.९० करोड रहेको छ ।

 

सैकनिल्कका अनुसार ४८ करोडमा बनेको रेड २ फिल्मले ९ दिनमा विश्वभर १३७.८० करोड कमाइसकेको छ । यसमा आजको कलेक्सन जोड्ने हो भने यो १४५ करोडभन्दा माथि पुगेको छ । र अब फिल्म चाँडै नै १५० करोडको आँकडा पार गरेर २०० करोडतर्फ अघि बढ्नेछ ।

 

अजय देवगन, रितेश देशमुख र अमित सियाल अभिनित राजकुमार गुप्ता निर्देशित फिल्मले निकै तारिफ बटुलि रहेको छ । फिल्ममा वाणी कपुर र सौरभ शुक्लाको पनि महत्वपूर्ण भूमिका छ । यो फिल्म २०१८ को रेड को सिक्वेल हो, जसमा अजय फेरि अमय पटनायकको भूमिकामा छापा मार्दै हिडेको देखिएका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार