अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २८, आईतवार ०९:५८

मुम्बई, २८ बैशाख । भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् ।

तर, बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले विराटलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । अब यो निर्णयमा विराट के सोच्छन् त्यो भने आउने समय मै थाहा हुनेछ ।

तर, उनको एक्कासी सन्यास लिने जानकारी दिनुको कारण के थियो, यो ठूलो प्रश्न हो । कतै उनीलाई बेवास्ता गरिए पछि यो निर्णय लिइएको त होइन ? वास्तवमा, यस्तो रिपोर्टहरू आइरहेका छन् कि बीसीसीआई भारत–इंग्ल्याण्ड टेस्ट सिरिजमा विराट कोहलीलाई नै कप्तान बनाउने मूडमा थियो।

बीसीसीआई निकट स्रोतहरूले पीटीआईलाई यस बारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले भने कि यो सत्य हो कि चयनकर्ताहरूले इंग्ल्याण्ड सिरिजका लागि कोहलीलाई कप्तान बनाउने विचार गरिरहेका थिए। यसले गिललाई नेतृत्वको भूमिकाका लागि आफूलाई तयार पार्न केही समय दिन्थ्यो। यसको माथि २५ वर्षको उमेरमा गिल अझै आफ्नो समयका लागि काफी अवस्थामा नै छन् ।

तर, एक रिपोर्ट यस्तो पनि छ कि जसमा शुभमन गिललाई कप्तान बनाउन चयनकर्ताको पहिलो रोजाइ भएको दाबी गरिएको छ । चयनकर्ताहरूले बुमराहको फिटनेसलाई ध्यानमा राख्दै गिललाई कप्तान बनाउने विचार गरिरहेका थिए।

 

गिलले पछिल्ला दुई सिजन आईपीएलको कप्तानी गर्दै आएका छन् भने आईसीसी च्याम्पियन्स ट्रफीमा पनि टिम इन्डियाको उपकप्तानसमेत भइ नै सकेका छन् । डब्ल्यूटीसीको नयाँ चक्रमा इंग्ल्यान्ड सिरिजबाट सुरु हुने खबर छ । उनीहरूको तर्क छ, अब गिल कप्तान हुनुपर्छ।

अब पहिला कप्तान बनाउने र त्यसपछि अहिले उनलाई बेवास्ता गर्ने कुरा यही कारणले गर्दा विराट दुखी भएका हुन र सन्यास लिने निर्णय गरेका हुन भन्ने टन्नै रहेका छन् ।

बीसीसीआई स्रोतहरूले पीटीआईलाई जानकारी दिएका अनुसार बुमराहको बारेमा भनिएको थियो कि यदि उनी कप्तान बन्दैनन् भने उनलाई उपकप्तान दिनुको कुनै अर्थ छैन। यही कारणले ऋषभ पन्तलाई उपकप्तान दिने चर्चा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार