अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २७, शनिबार १३:४२

हैदारावाद, २७ बैशाख । रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् ।

 

उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् ।

 

यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा नहुन सक्छ, यो जानकारी पाए पछि तपाइ छक्क पर्नु हुनेछ । रजनीकान्तले सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि उनी एसियाका नै महँगा अभिनेता मध्य एक बनेका थिए तर त्यसपछि आमिर खान उनीसँग प्रतिस्पर्धा गर्न आए र अमिरले पछि पारिदिए ।

 

तर, अहिले फेरी रजनीकान्तले इतिहास रचेका छन् । उनले ‘कुली’ का लागि यति ठूलो रकम लिएका छन् कि उनी एसियाकै सबैभन्दा महँगो अभिनेता बनेको दावी भारतीय मिडियाहरूले गरेका छन ।

 

मनी कन्ट्रोलका अनुसार लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ सबैभन्दा महँगो फिल्ममध्ये एक हो । यो फिल्ममा निर्माताले जति पैसा खर्च गरिरहेका छन्, त्यसको आधाभन्दा बढी बजेट त रजनीकान्त एक्लैले लिइरहेका छन् । अभिनेताले यस फिल्मका लागि २६० देखि २८० करोड भारु लिइरहेका छन्, जुन आमिर खान र ज्याकी चेनभन्दा बढी हो ।

 

कलानिधि मारनले निर्माण गरिरहेको फिल्म ‘कुली’ को बजेट ४०० करोड रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० करोड रुपैयाँ पारिश्रमिक लिएका छन र उनले यसवाट केही नाफाको हिस्सा पनि पाउने छन् । निर्देशक लोकेश कनागराजले फिल्मका लागि ६० करोड भारु लिएका छन् भने अर्को मुख्य भूमिकामा देखिएका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् ।

 

फिल्ममा आमिर खानको पनि क्यामियो रहेको बताइएको छ। यसमा केही मिनेटको दृश्यका लागि पनि कलाकारले २५ देखि ३० करोड भारु लिएका छन ।

 

त्यसैगरी श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि नबढाई बजार मूल्य अनुसारको शुल्क दिइएको छ । फिल्मको रिलिज मितिको बारेमा कुरा गर्दा कुली १४ अगस्ट २०२५ मा थिएटरहरूमा आउनेछ । हालै मात्रै यसको टिजर सार्वजनिक भएको थियो, जसले यो फिल्म ब्लकबस्टर हुने यसै अनुमान गर्न सक्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार