अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २६, शुक्रबार १०:१४

पाकिस्तानले बिहीबार राति भारतको जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। भारतीय सरकारी टेलिभिजन डीडी न्यूजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पाकिस्तानबाट जम्मू क्षेत्रमा मात्र आठवटा मिसाइल प्रहार गरिएको थियो।

सतवारी, सांबा, आरएसपुरा र अर्निया जस्ता संवेदनशील स्थानहरू लक्षित गरिएका थिए। भारतीय वायु रक्षा प्रणालीले ती सबै क्षेप्यास्त्रहरूलाई समयमै अवरोध गरी निष्क्रिय बनाएको रक्षा स्रोतहरूको दाबी छ।

यसबीच, जम्मू–कश्मीरको राजौरी र पुँछ क्षेत्रमा पूर्ण ब्ल्याकआउट गरिएको छ। पुँछमा हवाई साइरनहरू बजिरहेको जनाइएको छ भने पछिल्लो केही घण्टामा पाकिस्तानी गोलीबारीका कारण राजौरी क्षेत्रमा घाइते र मृतकसमेत भएको खबर छ।

भारतीय सेनाले भन्यो, “पाकिस्तानबाट प्रहार गरिएका सबै मिसाइल र ड्रोन हमला हाम्रा सुरक्षा प्रणालीले सफलतापूर्वक विफल पारेको छ। हामी आफ्नो सार्वभौमसत्ता र नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सजग छौं।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार