अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २६, शुक्रबार ०९:३३

भारतले पाकिस्तानसँग चुलिँदो तनावको सन्दर्भमा राष्ट्रिय स्तरमै उच्च सतर्कता अपनाएको छ। देशका विभिन्न भागमा सरकारले आपतकालीन कदमहरू चालेको छ, जसमा ६ राज्यका सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ, सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएको छ र सुरक्षालाई सैन्यस्तरको बनाइएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार, पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता लागू गरिएको छ। सीमावर्ती पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारनका सबै स्कुल–कलेजमा तीन दिनको बिदा दिइएको छ।

सुरक्षालाई कडाइ गर्न भारत सरकारले देशभरका २७ विमानस्थलहरू समेत बन्द गरिसकेको छ।

‘अपरेशन सिन्दूर’ पछिको सुरक्षा : ताजमहलमा बुलेटप्रुफ किल्ला जस्तै सुरक्षा व्यवस्था
पाकिस्तानविरुद्ध भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेपछि विश्वप्रसिद्ध ऐतिहासिक सम्पदा ताजमहल उच्च सुरक्षा निगरानीमा राखिएको छ। क्षेत्रभर विशेष सुरक्षा अपरेशन चलाइएको छ।

ताजमहल क्षेत्रमा ९ वटा सुरक्षा बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावर परिचालनमा छन्। सुरक्षाकर्मीहरू ताज परिसरको भित्र–बाहिर तैनाथ छन्। पर्यटक, होटल पाहुना, सबैमाथि निगरानी र सोधपुछ भइरहेको छ।

ताजगञ्ज क्षेत्रका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र स्थानीय थाना मिलेर चेकिङ गरिरहेका छन्। हरेक आगन्तुकको परिचय तथा गतिविधि विवरण संकलन भइरहेको छ।

ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले भने, “हामीले ताजमहलको सुरक्षा थप बलियो बनाएका छौं, कुनै पनि जोखिम सहन सकिँदैन।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार