अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २५, बिहीबार १२:५६

बुधबार भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

बुधबार राति १:०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन्।

भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू-कश्मिरको सिमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ।

भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ। आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। उसले ती आतंकवादी समूहका नौ वटा अड्डाहरूलाई निशाना बनाएर आक्रमण गरेको भनेको छ।

 

भारतले गरेको आक्रमणको जबाफ पाकिस्तानले दिने घोषणा गरिसकेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बुधबार अबेर गरेको सम्बोधनमा भारतले ठूलो गल्ती गरेको बताएका छन्।

 

‘भारतले हिजो राति गरेको ठूलो गल्तीको मूल्य अब उसले चुकाउनुपर्नेछ। उनीहरूलाई हामी पछि हट्छौं भन्ने लागेको होला तर यो वीर मानिसहरूको देश हो, उनीहरुको संकल्प फलामजस्तै दृढ छ,’ प्रधानमन्त्री शरिफले भनेका छन्।

भारतले पनि पाकिस्तानले आक्रमण गरेको खण्डमा त्यसको जबाफ दिने भनेको छ।

फ्रान्सले भारतको पक्ष लिएको छ। विदेश मन्त्रालयले आतंकवादविरूद्धको लडाइँमा फ्रान्स भारतको साथमा छ भनेर विज्ञप्ती नै जारी गरेको थियो। अमेरिका, चीन, रूस लगायतका शक्ति राष्ट्रहरूले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन भनेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार