अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २५, बिहीबार १२:५०

एजेन्सी । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

मौसम विभागले उत्तराखण्डको मौसमको बारे चेतावनी जारी गरेको छ । देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।

गत सोमबार, मे ५ मा, बद्रीनाथ धाम क्षेत्रमा खराब मौसमका कारण, तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै गरेको हेलिकप्टर गोपेश्वर खेल मैदानमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । करिब पाँच मिनेट जमिनमा रहेपछि, हेलिकप्टर देहरादूनतिर प्रस्थान गरेको थियो ।

दिउँसो २ बजेतिर, पिपलकोटी र चमोली बीचको मौसम खराब भएपछि बद्रीनाथको दर्शन गरेर देहरादुन जाँदै गरेका तीर्थयात्रीहरूलाई बोकेको हेलिकप्टरले गोपेश्वर प्रहरी मैदानमा आपत्कालीन अवतरण गर्ने प्रयास गर्याे, तर त्यहाँ पार्क गरिएको गाडीका कारण हेलिकप्टर खेल मैदानतिर आयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार