अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २५, बिहीबार ०९:०८

केही वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको एक योजनाको शिलान्यास दोश्रो पटक जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले शिलान्यास गरेपछि उनको आलोचना हुन थालेको छ ।

 

करिब चार वर्ष अघि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास बुधबार दोस्रो पटक गरे पछि अहिले अध्यक्ष राउतको आलोचना स्थानीयवासीहरुले गर्न थालेका छन् ।

 

 

२०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य भने अन्योलमा थियो । सोही योजनाको शिलान्यास भइसके पनि नाम र यशका लािग सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राउतले काम अगाडि बढाउनुको साटो स्टन्टका लागि शिलान्यास गरेको आरोप स्थानीयहरुले लगाए ।

 

प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः अध्यक्ष राउततले शिलान्यास गर्न लागेको भन्दै सामाजिक सञ्जालमा पनि उनको व्यापक आलोचना शुरु भएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा उपप्रधान स्वास्थ्य एवम् जनसंख्यामन्त्री हुँदा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना गरिएको थियो ।

 

राजविराजस्थित प्रतिष्ठानको कार्यालय उद्घाटन, निर्देशक नियुक्ति तथा स्वास्थ्य मन्त्रालयबाट गाडीसमेत दिएर पठाइएको थियो । प्रतिष्ठानको डिपीआरसहितका कामहरु अघि बढाइ भौतिक संरचनाका लागि बजेट समेत व्यवस्थापन गरिएको थियो ।

 

प्रतिष्ठानको परिकल्पनालाई मूर्त रुप दिन ५० शैय्याको अनुमति पाएको गजेन्द्रनारायण सिंह अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउन ४२० शैय्याको भौतिक संरचना निर्माण गरिएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चार करोड रुपैयाँको लागतमा अत्याधुनिक नर्सिंङ कलेज भवन निर्माण सम्पन्न गराइएको थियो ।

 

हालको जनप्रतिनिधिको नाताले राजविराजमै नर्सिंग कलेज सञ्चालन गराउनुपर्नेमा अत्याधुनिक संरचना लथालिंग बन्न पुगेको छ । अस्पतलामा नयाँ दरबन्दी स्वीकृत गराइ सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा अत्याधुनिक भौतिक पूर्वाधार हुँदाहुँदै सर्वसाधारण धरान, विराटनगरलगायतका शहरहरु धाउन बाध्य छन् ।

 

त्यस्तै राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिंग कलेज भवन निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको छ । पठनपाठनको अनुमति तथा कक्षा सञ्चालन गर्न पहल नहुँदा औचित्यहीनको अवस्थामा छ । यस्ता अनेकन योजनाहरु वर्तमान प्रतिनिधिसभा सदस्यको नाताले स्वामित्व ग्रहण गर्दै अगाडि बढाउनुपर्नेमा त्यसै अलपत्र छाडेको भन्दै स्थानीयवासीहरुले राउतको विरोध गरे । तात्कालीन समयमा प्रधानमन्त्री ओलीको सरकारमा गठन आदेशबाट प्रतिष्ठानको गठन भए पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा म्याद नथपिएपछि त्यसको औचित्य समाप्त भइसकेको भन्दै जनमत पार्टीका अध्यक्ष डा. राउतले जिकिर गरे ।

 

म्याद थप नभएपछि निर्माण कार्य स्थगित भएको अवस्थामा आफूले पहल गरेर पुनः नयाँ तवरबाट काम अगाडि बढाउन शिलान्यास गरिएको उनको दाबी छ । अध्यक्ष राउतले विगतको कुरालाई बेवास्ता गरे पनि पुरानै भौतिक संरचनाको नापनक्सा अनुसार नै सोही जग्गामा सोही डिपीआर अनुरुपको काम गरेर जनताको दिग्भ्रमित पार्न खोजेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ ।

 

प्रधानमन्त्री ओलीले चार वर्ष अघि शिलान्यास गरिएको अवस्थामा एउटै योजनालाई फेरि पनि दोश्रो पटक शिलान्यास गरिएको कार्यलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘फन्टुस’ र स्टन्टबाजको संज्ञा दिए । उनले जो कोहीले पनि जनतामा भ्रम छर्नुको साटो परिणाममुखी कार्य गर्न नसक्नु दुःखद अवस्था रहेको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार