अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २४, बुधबार १३:१४

काठमाडौं । दक्षिण एसियाका दुई आणविक शक्ति भारत र पाकिस्तानबीच सैन्य कारबाही चलिरहेका बेला सार्क अध्यक्ष समेत रहेको नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकी ठेगानमाथि गरेको भनेर थालेको सैन्य कारबाही र त्यसको प्रतिवादमा पाकिस्तानले थालेको हमलाबारे सार्क अध्यक्ष नेपाल बोलेको छैन ।
चीन, अमेरिकालगायत शक्ति राष्ट्रले तत्कालै आफ्नो प्रतिक्रिया दिइसकेका बेला नेपालको धारणा के हो ? एक नेपाली नागरिक सुदिप न्यौपाने समेतको हत्या भएको पहलगाम आतंकवादी हमलापछि भारतले गरेको यो ठूलो सैन्य कारबाही मानिएको छ ।
नेपालले सो आतंकी हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध भारतको साथमा रहेको प्रतिक्रिया दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीबीच सो घटनालगत्तै टेलिफोन संवाद समेत भएको थियो ।
भारत र पाकिस्तानबीच भइरहेको पछिल्लो तनावका बारेमा नेपालले आधिकारिक प्रतिक्रिया व्यक्त गरिसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले मन्त्रीसहितको उच्चस्तरीय छलफलपछि सरकारको धारणा सार्वजनिक हुने बताए ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सम्पर्कमा आउन चाहिनन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे परराष्ट्र मन्त्रालयले आधिकारिक वक्तव्य निकाल्ने भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
नेपाल सधैँ क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा रहेको भन्ने परम्परागत विदेश नीति दोहो¥याउँदै परराष्ट्र स्रोतले यस्तै आशयको वक्तव्य जारी गर्ने तयारी भइरहेको जनाएको छ । दुवै पक्षलाई संयमित रहन आग्रह गर्ने,थप तनाव नहोस् भन्ने र आतंकवादविरुद्धको लडाइमा साथ रहने यही आशयमा नेपालको प्रतिक्रिया आउने सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार